बसको ढोकाबाट खसेर यात्रुको मृत्यु
इनेप्लिज
२०७२ जेठ १३ गते ३:३६ मा प्रकाशित
वीरगन्ज(पर्सा), १३ जेठ । पर्साको बिन्दवासिनीमा बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भेडियाहीबाट वीरगन्जतर्फ आउँदै गरेको ग१ख १४६४ नम्बरको यात्रुबाहक बसबाट लडेर पर्साको भीष्वाकाल रिजवान आलमको मृत्यु भएको हो ।
हातबाट मोबाइल खसेपछि टिप्नको लागि ओर्लने क्रममा बसको ढोकाबाट लडेर गम्भीर घाइते भएका उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । बस र चालक बिन्दवासिनी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ । मृतकको साथबाट रु दुई लाख फेला परेका कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया