पानी ट्याङ्कीमा खसेर बालिकाको मृत्यु
इनेप्लिज
२०७२ जेठ १३ गते ३:१३ मा प्रकाशित
भीमदत्तनगर, १३ जेठ । कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्क छेउमा रहेको पानी ट्याङ्कीमा खसेर एक बालिकाको मङ्गलबार साँझ मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यादय कञ्चनपुरले बसपार्कको छेउमा भीमदत्तनगरपालिकाले निर्माण गरेको पानी ट्याङ्कीमा परी रोल्पा गजुल गाविस–९ का गोविन्दमानसिंह घर्ती मगरकी तीन वर्षीया छोरी देवी घर्तीमगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ट्याङ्की नजिक खेल्ने क्रममा बालिका ट्याङ्कीभित्र खसेकी थिइन् । ट्याङ्कीमा खसेकी बालिकाको उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याएको भएपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया