काभ्रेमा कार्ययोजनाभन्दा बढी वनको कटानी हुन थाल्यो

इनेप्लिज २०७२ जेठ १३ गते २:४४ मा प्रकाशित

20140326_125545बनेपा, १३ जेठ । सरकारले अस्थायी टहरा निर्माणका लागि वन खुला गरेपछि काभ्रेपलाञ्चोकको केही ठाँउमा कार्ययोजनाभन्दा बढी वनको कटानी हुन थालेको छ ।

जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकका वन अधिकृत गणेश रायले जिल्लाको जनागाल गाविस, पाँचखाल र काशिखण्ड नगरपालिकामा रहेको सामुदायिक वनमा वन कार्ययोजनाभन्दा बढी रुखको कटानी भएको बताउनुभयो । वन कार्ययोजनामा प्रति घर ५० क्युफिट मात्रै वनको कटानी गर्न पाइने प्रावधान छ ।
अहिले सरकारले इलाका वन कार्यालयलाई नै रुख कटानीका लागि अधिकार दिएको उल्लेख गर्दै वन अधिकृत रायले वनमा रुखको कटानी भएपछि त्यहाँ रहेका जङ्गली जनावरले आक्रमणको प्रयास गर्न थालेको बताउनुभयो ।

“अहिले त्यस्तो अप्रिय घटना भएको छैन, तर कटानी बढ्दै गयो भने थप समस्या आउन सक्छ”–उहाँले भन्नुभयो ।

प्रतिक्रिया