प्रहरी कार्यालय अगाडि कालोबजारी गर्ने पक्राउ
इनेप्लिज
२०७२ जेठ १२ गते १५:२१ मा प्रकाशित
काठमाडौँ १२ जेठ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी अगाडि रहेको रणद्वीप आकाशे पुलमुनि पसल सञ्चालन गर्नेले नै सर्वसाधारणबाट तोकिएको मूल्यभन्दा बढी शुल्क लिई कालोबजारी गर्ने गरेको भेटिएको छ ।
दुई रुपैया पर्ने फोटोकपी शुल्कलाई रु २० लिएको र नेपाल सरकारद्वारा निर्धारित हुलाक टिकट रु १० लाई रु २० लिई सर्वसाधारणलाई ठगी गरी कालोबजारी गरेको अवस्थामा प्रहरीले आज छ जनालाई पक्राउ गरेको छ ।
सो पुलमुनि पसल गर्ने अभिशेख क्षेत्री, कृष्णकुमार तामाङ, घनराज श्रेष्ठ, सुदीप नेपाली, मीनप्रसाद चौलागाईं र राज तिमिल्सिना छन् ।
निजहरुलार्ई कालोबजारी ऐनअन्तर्गत म्यादथप गरी अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया