शनिबार, साउन ९ २०७८
काठमाडौं २०:३४
वासिङटन डिसी 10:49

सरकारले राहत दुरुपयोग हुन दिँदैन: मन्त्री डा खड्का

इनेप्लिज २०७२ जेठ ११ गते १४:४४ मा प्रकाशित

Narayan-khadkaपरासी, ११ जेठ । सहरी विकासमन्त्री डा नारायण खड्काले स्वदेश तथा विदेशबाट भूकम्पपीडितका लागि सङ्कलित राहत कुनै पनि हालतमा सरकारले दुरुपयोग हुन नदिने बताउनुभएको छ ।

भूकम्पले गरेको क्षति र राहतबारे अनुगमन र निरीक्षण गर्न आज नवलपरासीमा आउनुभएका मन्त्री डा खड्काले सरकारले राहतको कामलाई प्रभावकारी बनाएको जिकिर गर्नुभयो । दुःखद घडीमा सबै नेपाली मिलेर भूकम्पपीडितको राहतका लागि लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया