पर्यटनलाई पहिलाकै अवस्थामा ल्याउने गुरुयोजना बन्दैछ: मन्त्री शेर्पा

इनेप्लिज २०७२ जेठ ११ गते १४:२० मा प्रकाशित

kripa-sur-sherpaकाठमाडौं, ११ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले भूकम्पले क्षतविक्षत बनाएको मुलुकको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने गरी गुरुयोजना बनाउन लागिपरेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पर्यटन क्षेत्र आत्तिनुपर्ने अवस्था नरहेको भन्दै केहीवर्षमै पर्यटन क्षेत्र पहिलाकै अवस्थामा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री शेर्पाले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न यो वर्ष हिमाल आरोहण गर्न रोयल्टी बुझाएर आरोहण गर्न नपाएका पर्यटकलाई अर्को वर्ष सोही रोयल्टीमा आरोहण गर्न पाउने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रमुख पर्यटकीयस्थल, प्राकृतिक तथा पुरातात्विक सम्पदाक्षेत्रलगायतका गन्तव्य राम्रा भएकाले ती क्षेत्रमा बाटो निर्माण तथा होटल बनाएर पर्यटकलाई आकर्षित गर्न भ्रमण नेपाल जस्तो अभियानलाई अघि बढाइने बताउनुभयो ।

प्रतिक्रिया