शनिबार, साउन ९ २०७८
काठमाडौं २०:५८
वासिङटन डिसी 11:13

चेपाङ बालबालीकालाई हङकङ नागरीकको सहयोग

इनेप्लिज २०७२ जेठ ११ गते ८:४६ मा प्रकाशित

DSC03779

पूर्वी चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रीत बालबालिकालाई सहयोग गरीएको छ । हङकङ नागरीक मिसमो ले उपलब्ध गराउनुभएको २० बोरा चामल,५० थान झुल र चेपाङ किसोरीहरुका लागी सेनेटरीका सामान चितवन क्षेत्र न.२ का सभासद शेषनाथ अधिकारी, रत्ननगर उद्योग वाणिज्य संघका महासचिव देवेन्द्रकुमार श्रेण्ठले आज केन्द्रमा पुगी हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा सभाषद अधिकारीले चेपाङ बालबालीकाको शिक्षा पाउने अधिकार कसैले खोस्न नपाउने भन्दै यस अभियानमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

केन्द्रले अहिले सम्म सञ्चालन गरीरहेको अभियान अन्तर्गत चेपाङ बालबालीकाको शिक्षाको निम्ति राज्यले पनि लगानी गर्नको लागी संसदमा आवाज उठाउने उहाले बताउनुभयो । सो केन्द्रमा अहिले करीब १ सय चेपाङ बालबालीका आश्रीत रहेका छन ।

प्रतिक्रिया