अपाङ्गता भएकालाई तालिम
इनेप्लिज
२०७२ जेठ ११ गते ७:१२ मा प्रकाशित
बर्दिया, ११ जेठ । अपाङ्गता भएका व्यक्तिका लागि घरेलु तथा साना उद्योग कार्यालय ३० दिने सजावट सामग्री निर्माण तालिम सञ्चालन गरेको छ ।
बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्र र नेत्रहीन सङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त तालिमको गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले उद्घाटन गर्दै बजारमा सजावटका सामग्रीको माग बढ्दै गएकाले अपाङ्गता भएका व्यक्तिलाई तालिमको व्यवस्था गरिएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका निमित्त उद्योग अधिकृत राजाराम गौतमले जिल्लामा अपाङ्गता भएका व्यक्तिका लागि पहिलोपटक तालिम आयोजना गरिएको जानकारी दिँदै सिकेका सीप व्यवहारमा अनुवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा गुलरिया, सानोश्री ताराताल, महम्मदपुर र कालिका गाउँ विकास समितिका अपाङ्गता भएका १० जना सहभागी छन् ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया