फरार दुइ कैदी पक्राउ
काठमाडौँ, ११ जेठ । महानगरीय प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोक कारागारबाट भागी फरार रहेका अपहरण मुद्दाका दुईजना कैदीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने कैदीमा सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका पुष्पराज श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला हगाम गाविस–५ का ठूलो सगुन श्रेष्ठ रहेका छन् ।
अपहरण मुद्दामा कैद तोकिएका कैदी, बन्दीलाई महाशाखाको टोलीले खोजी गर्दा निजहरुलाई शनिबार महाशाखाले पक्राउ गरिएको र हाल महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको तथा सिन्धुपाल्चोक कारागार पठाउने कार्य भइरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, भूकम्पका कारण घर भत्किएर बन्द रहेको थिमिको तछुटोलबाट सुङ्गा टोल जाने बाटो ओसला नेपालको सक्रियतामा खोल्न सफल भएको छ ।
मध्यपुर थिमि–१४ निवासी हिरासुन्दर श्रेष्ठको चारतल्ले घर भूकम्पका कारण पूर्ण रुपमा भत्किँदा उक्त बाटो बन्द भएको थियो । बाटो बन्द हुँदा त्यस क्षेत्रमा आवातजावत गर्ने स्थानीय बासिन्दा र सवारीसाधनसमेत चल्न नसकेपछि निकै सास्ती भएको स्थानीयवासी रामसुन्दर श्रेष्ठले बताउनुभयो ।
ओसला नेपालको सक्रियतामा तीन दिन निरन्तर सफाइ गर्न सहयोग गरेपछि आइतबार बिहानदेखि बाटो खुल्ला भएको र स्थानीय बासिन्दालाई हिँड्डुल गर्न सहज भएको घरधनी हिरासुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
ओसला नेपालले भूकम्पका कारण क्षति भएका सार्वजनिक स्थलहरु सफा गर्ने, बाटो बन्द रहेका अवस्थामा बाटो खोल्न पहल गर्ने र भूकम्पपीडितका लागि राहत वितरणमा सहयोग गर्दै आएको संस्थाका रोशन वज्राचार्यले जानकारी दिनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया