पहिरोले थुनिएको कालीगण्डकीको जोखिम घटाउन नेपाली सेना सक्रिय

इनेप्लिज २०७२ जेठ १० गते १६:०५ मा प्रकाशित

nepalicenaकाठमाडौँ, १० जेठ । पहिरोले थुनिएको कालीगण्डकी नदीबाट हुनसक्ने जोखिम र क्षति घटाउन नेपाली सेनाको एक टोली सक्रियतापूर्वक लागेको छ ।

नदी थुनिएको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाका प्राविधिक, सरकारका जल तथा भूर्गभविद् सम्मिलित टोलीले प्रभावित क्षेत्रको प्रारम्भिक जानकारी लिई राजधानी फर्केको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आज अपराह्न ५ बजेपछि थुनिएको नदीको माथिल्लो भागबाट पानी बग्न थालेको, नदीको साबिकको अवस्थाभन्दा बढी पानी बगेकाले म्याग्दी, पर्वत, कास्की, स्याङजा, तनहुँ, चितवन र नवलपरासीका नदी किनारमा अवस्थित बस्तीलाई जोखिमबाट जोगाउन स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसँग समन्वय गरी सम्बद्ध सबैलाई सचेत तुल्याइएको छ ।

उक्त निर्देशनालयका अनुसार नदीलाई पूर्ववत् रुपमा फर्काउन नेपाली सेनाको इन्जिनीयर टोलीलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको र घटनास्थलमा साना पहिरो जाने क्रम रोकिने बित्तिकै काम थालिने छ ।

भूकम्पबाट त्रसित जनजीवनलाई सामान्य बनाउन सेना क्रियाशील

भूकम्पबाट त्रसित सर्वसधारणको जनजीवनलाई सामान्य बनाउन नेपाली सेना क्रियाशील भएको छ ।

सेनाले प्राथमिकताका साथ पीडितको उद्धार, राहत सामग्री पुर्‍याउने, जोखिमयुक्त भवन भत्काउने, अस्थायी घरटहरा निर्माण गर्ने, पुरातात्विक एवम् ऐतिहासिक महत्वका मठमन्दिरको संरक्षण, भग्नावशेष हटाउने एवम् भूकम्पबाट अवरुद्ध सडक खुलाई सर्वसाधारण जनताको दैनिकी सामान्य बनाउन अहोरात्र काम गरिरहेको छ ।

प्रतिक्रिया