भूकम्पले मुल सुकेपछि खानेपानीको हाहाकार

इनेप्लिज २०७२ जेठ १० गते १३:५७ मा प्रकाशित

timthumb.phpअर्घाखाँची, १० जेठ । भूकम्पका कारण विभिन्न स्थानमा सुकेका मुल फेरि पलाएको भनिएपनि अर्घाखाँचीको एक राष्ट्रिय योजनाको खानेपानीको मुहान भने सुकेको छ ।

भूकम्पबाट अर्घाखाँचीको ढाकावाङ गाविसमा ३० वर्षदेखि ७१५ घरधुरीले उपयोग गर्दै आएको खानेपानीको मुहान सुकेको खानेपानी उपभोक्ता समितिका सचिव नारायण खनालले बताउनुभयो ।

ढाकावाङका आठ वडाका झन्डै ७१५ घरधुरी, पाँच सरकारी विद्यालय र एक निजी विद्यालयले उपभोग गरिरहेको पिउने पानी एक्कासि आउन छाडेपछि स्थानीय बासिन्दा आश्चर्यमा परेका छन् ।

सुरुमा पानी नआएपछि देवीदेवताको कारण पानी नआएको भन्ने सोचेर पूजापाठ गर्ने, पाठो चढाउनेसमेत गरेका स्थानीय बासिन्दाले केही दिनपछि मात्र थाहा पाएकी भूकम्पका कारण पानीको मुहान सुकेको रहेछ भन्ने । गोखुङ्गा गाविसको सेपानीमा रहेको मुहानबाट ढाकावाङ गाविसमा खानेपानी पु¥याउन पाँच वर्ष लागेको थियो ।

विसं २०३८ मा सुरु भएको योजना २०४२ सालमा सम्पन्न भएपछि ढाकावाङका स्थानीयवासीले ३० वर्षदेखि खानेपानीको उपभोग गर्दै आएका थिए । वडाका ८२ धारामा पानी आउने मुहान सुकेर पानी आउन छाडेपछि अहिले उनीहरु पधेँरो र खोलाको पानी खान बाध्य छन् ।

प्रतिक्रिया