फलेवास(पर्वत), १० जेठ । कालीगण्डकी नदी थुनिएपछि माझफाँट गाविसको वारि बेनीबजार, धाइरिनको मिलनचोकबजार, पाङ गाविसको मालढुङ्गा बजार, रानीपानी गाविसको इमिचौर तथा पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको सेतीबेणी बजार उच्च जोखिममा छन् ।
त्यस्तै म्याग्दीको पुर्तिघाटबजार र कालीगण्डकीको बाँधस्थल स्याङ्जाको मिर्मी पनि उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले माइकिङ गर्दै नदी किनाराबाट ५०० मिटर माथि जान आग्रह स्थानीय बासिन्दालाई आग्रह गरिरहेको छ ।
ती स्थलका बासिन्दा तटीय क्षेत्रबाट घर छाडेर सुरक्षित स्थानतर्फ लागिसकेको पर्वतका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया