राहत बोकेको ट्रक त्रिशूलीमा खस्यो

इनेप्लिज २०७२ जेठ ९ गते ११:०८ मा प्रकाशित

चितवन, ९ जेठ । राहत बोकेर काठमाडौं जाँदै गरेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नैबिसे सडकखण्डको घोप्टे भिरमा आज दुर्घटना भएको छ ।

विराटनगरबाट काठमाडौँका लागि राहत सामग्री बोकेर गएको ना४ख ९७६४ नम्बरको ट्रक घोप्टे भिरबाट त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चालक र सहयोगी चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया