बुहारीविरुद्ध सासूको मुद्दा

इनेप्लिज २०७२ जेठ ९ गते १०:५२ मा प्रकाशित

पानीट्याङ्की (मोरङ), ९ जेठ । विराटनगरकी एक वृद्धाले छोरा–बुहारीबाट हिंसामा परेको भन्दै अदालतमा मुद्दा दर्ता गराउनुभएको छ ।

विराटनगर–१३ बङ्गलामुखी मार्ग बस्ने स्व कृष्णप्रसाद श्रेष्ठकी पत्नी ५९ वर्षीया पार्वतीदेवीले बुहारीविरुद्ध अंशबन्डा गराउने र मानाचामल भराउने मुद्दा मोरङ जिल्ला अदालतमा आज दर्ता गराउनुभएको हो ।

वृद्धाले आफूलाई जेठा छोरा कैलाशकी पत्नी मीना र कान्छा छोरा विष्णुकी पत्नी लक्ष्मी मिलेर खान लगाउन नदिएको, कुटपिट गर्दै पटक पटक ज्यान लिने धम्की दिने गरेकाले आफू असुरक्षित भएको आरोप लगाउनुभएको छ । यता छोराबुहारीले चाहिँ आमालाई कसैले पनि हेला नगरेको बरु छोरीज्वाइँको उक्साहटमा आएर आमाले आफ्नै सन्तानलाई सम्पत्तिबाट बेदखल गर्न षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया