कञ्चनरुप नपामा खानेपानी समस्या

इनेप्लिज २०७२ जेठ ९ गते १०:५० मा प्रकाशित

no-water-tapसप्तरी, ९ जेठ । खानेपानीको हाहाकार भएपछि कञ्चनरुप नगरपालिकावासी समस्यामा परेका छन् ।

कञ्चनरुप नगरपालिका–८ स्थित क्षेत्रमा ट्यबुवेलमा पानी आएको छैन । ट्युबवेलमा पानी आए पनि पानी भर्न आधा, एक घन्टा लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । सो क्षेत्रमा दिन प्रतिदिन चुरे वनको विनाश हुँदै जानु र पानीको मुहान सुक्दै जानुले अहिले त्यहाँका ट्युबवेलमा पानी आउन छाडेको स्थानीयवासी उत्तम आचार्यले जानकारी गराउनुभयो । कञ्चनरुप वडा नं ७ र ८ मा रहेको प्रगतिटोल, बताराही टोल, धर्मपुर, सीतापुरलगायत टोलमा यतिखेर खानेपानीको समस्या उत्पन्न भएको छ ।

स्थानीय पोखरीमा गाईवस्तुलाई पानी खुवाउने र भैँसीपालकले भैँसी धुने गर्नाले पानी नरहेको स्थानीयवासी टङ्कबहादुर राउतले बताउनुभयो । त्यस क्षेत्रमा वातावरणको संरक्षण र चुरे जङ्गलको विनाश नरोकिने हो भने यहाँका जनताले पानी नखाई खानेपानीको समस्या बढ्दै जाने अर्का स्थानीयवासी गोमा कोइरालाको भनाइ छ ।

प्रतिक्रिया