कङ्काल फेला
इनेप्लिज
२०७२ जेठ ९ गते १०:३८ मा प्रकाशित
सप्तरी, ९ जेठ । कर्तव्य ज्यान मुद्दासम्बन्धी पुराना मुद्दामा सप्तरी प्रहरीले अनुगमन तीव्र पारेपछि तीन वर्षदेखि बेपत्ता रहेका टिकुलिया गाविसका एक व्यक्तिको हत्या गरी माटामुनि पुरिएको कङ्काल प्रहरीले फेला पारेको छ ।
पछिलो पटक विशेष सुराकीका आधारमा कल्याणपुरस्थित एक गाउँबाट टिकुलिया गाविस–४ का ४८ वर्षीय मो सबुद मियाँको कङ्काल फेला परेको प्रहरीले जनाएको छ । गत वर्ष २०६९ असोज १० गतेदेखि हराइरहेको उनको कसैले हत्या गरी माटामुनि पुरेको प्रहरीले जनाएको छ । उनीसँगै हराइरहेकी ३० वर्षीया बुहारी सगिरा खातुनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक शिशिर कर्माचार्यले बताउनुभयो ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया