पहिरोमा एक वृद्ध पुरिए

इनेप्लिज २०७२ जेठ ९ गते १०:२९ मा प्रकाशित

चरीकोट (दोलखा), ९ जेठ । सुरी गाविस–२ मा आज पहिरो गई गाई चराउन गएका स्थानीयवासी ७२ वर्षीय चन्द्रबहादुर गुरुङ पुरिएका छन् ।

उनको उद्धारका लागि घटनास्थलतर्फ नेपाली सेना र प्रहरीका जवानहरु परिचालन भइसकेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक जीवन लामाले जानकारी दिनुभएको छ ।

गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि आएका पराकम्पहरुले यस जिल्लाका थुप्रै ठाउँमा जमिन चिरा परेका छन् भने पहिरो जाने क्रम पनि रोकिएको छैन ।

प्रतिक्रिया