सुनसरीबाट राहत

इनेप्लिज २०७२ जेठ ९ गते १०:२६ मा प्रकाशित

300px-Sunsari_district_locationइटहरी, ९ जेठ । भूकम्पमा परेर ज्यान गुमाएका सुनसरीका नौ जनाका परिवारलाई सरकारका तर्फबाट उपलब्ध गराइने भनेर निर्णय गरिएअनुरुपका रु तीन लाख ६० हजार तथा पूर्ण नोक्सानी भएका घरका लागि रु तीन लाख ८० हजार नगद राहत प्रदान गरिएको छ ।

सुनसरीका प्रजिअ रविलाल पन्थका अनुसार गत वैशाख १२, १३ र २९ गते आएको भूकम्प र पराकम्पनमा मृत्यु भएकाको परिवारलाई र घर नोक्सानीमा परेकाहरुलाई पहिलो चरणको राहतबापतको त्यो रकम हस्तान्तरण गरिसकिएको छ ।

यसैगरी सुनसरी जिल्लामा कार्यरत निजामती कर्मचारीका तर्फबाट भूकम्पमा परेर विस्थापित भएकाका लागि प्रधानमन्त्री राहत कोषमा रु ४४ लाख जम्मा गरिसकिएको छ । यसबाहेक सुनसरी जिल्लामा कार्यरत नेपाल प्रहरीका तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु १५ लाख तथा विभिन्न सङ्घसंस्था र व्यक्ति एवम् उद्योगबाट समेत गरेर थप रु ३४ लाख पनि प कोषमा जम्मा भइसकेको छ ।

प्रधानमन्त्री राहत कोषमा जम्मा भएका ती नगद राहतबाहेक सुनसरी जिल्लाका विभिन्न गैरसरकारी संस्था उद्योग वाणिज्य सङ्््घ, जातीय सङ्घसंस्था राजनीतिक दलका भ्रातृ सङ्घलगायतले भूकम्प प्रभावित जिल्लामा रु डेढ करोडभन्दा बढीको राहत सामग्री पु¥याएर पीडितको हातमा उपलब्ध गराउने भइसकेको बताइएको छ ।

प्रतिक्रिया