मोरङमा एकै दिनमा दुई जनाले आत्महत्या

इनेप्लिज २०७२ जेठ ९ गते ३:५७ मा प्रकाशित

susideविराटनगर, ९ जेठ । मोरङमा एकै दिनमा दुई जनाले आत्महत्या गरेका छन् ।

सुन्दरदुलारी–११ बस्ने शैलेश दाहालकी २५ वर्षीया श्रीमती लीला दाहालले शुक्रबार आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै बाहुनी–९ स्थित सिंहदेवी सामुदायिक वनभित्र तराईवासी देखिने अन्दाजी ४५ वर्षीय पुरुषले सलको पासो बनाई झुन्डिएर आत्महत्या गरेका छन् ।

दुवै आत्महत्याको कारण खुल्न नसकेको र शव परीक्षणका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया