भूकम्पपीडितका लागि सेनाको स्वास्थ्य शिविर
भक्तपुर, ९ जेठ । नेपाली सेनाले भूकम्पपीडितका लागि यहाँ सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार जनाभन्दा बढी लाभान्वित भएका छन् ।
महामञ्जुश्री नगरकोट नगरपालिकास्थित सुडाल मिश्रिकोटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा नेपाली सेनाको सात चिकित्सकसहित नर्स, ल्याब टेक्निसियनसहित १७ जनाको स्वास्थ्य टोली तथा ६० जनाको स्वयम्सेवीको टोलीले सेवा पु¥याएको जनाएको छ ।
शिविरमा जनरल मेडिसिन, हाडजोर्नी, सर्जिकल, नाक, कान, घाँटी, आँखा, दाँत, स्त्री रोग, प्रसूति, बालरोग, साइकोथेरापी, ल्याबरोटोरी सेवा सञ्चालन गरेको नेपाली सैनिक प्रतिष्ठान खरिपाटीका कर्नेल रामहरि केसीले जानकारी दिनुभयो ।
प्रतिष्ठानसहित ज्वाला दल गण, सैनिक समाचार शिक्षालय, विद्युत् तथा यान्त्रिक शिक्षालय, उपत्यका पृतना हवाई सुरक्षा ब्याट्रीसहितको संयोजनमा शिविरको आयोजना गरेको हो ।
भूकम्पमा पीडित भएका बिरामीका लागि लक्षित गरी आयोजना गरिएको शिविरमा अन्य दीर्घ रोगीको समेत स्वास्थ्य परीक्षण एवम् उपचार भएको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिक र अपाङ्ग भएका बिरामीलाई यातायातका साधनले ल्याउने र लैजाने व्यवस्था गरेको थियो । शिविरमा आउने सबैलाई नेपाली सेनाको हेर्डक्वाटरबाट सहयोगमा निःशुल्क औषधि वितरण गरेको थियो ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया