बाढीको कारण सुनसरीको जनजीवन प्रभावित
इनरुवा, ७ जेठ । सुनसरीको विभिन्न नदी खोलामा आएको बेमौसमी बाढीका कारण केही क्षेत्र डुबानमा परेको छ ।
बाढीको कारणले सुनसरीको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लाको सुनसरी खोलामा रहेको एउटा बाँसको पुलसमेत बगाएको छ । बाँसको पुल बाढीले बगाएपछि जिल्लाको नरसिंह र रामनगरभुटाहा गरी दुई गाविसको सम्पर्कबिच्छेद भएको स्थानीयले बताएका छन् ।
नरसिंह र रामनगरभुटाहा जोड्ने सुनसरी खोलाको बाँसको पुल बुधबार मध्याह्न आएको बाढीले बगाएको कारण आवतजावत गर्न बन्द भएको छ ।
दुवै गाविसका बीचमा रहेको बाँसको पुल (चचरी) भाँच्चिएको र बगाएकाले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय रवीन्द्र मण्डलले जानकारी दिनुभयो ।
सुनसरी खोलामा अचानक आएको बाढीले बाँसको पुल बगाएपछि स्थानीय १० किलोमिटरको दूरीको अर्को बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय रामलोचन मण्डलले बताउनुभयो ।
जिल्लाको बूढी खोला, गडन खोला, टेग्रा खोला, धानउष्णा खोला, सेउती खोला र सुनसरी खोलालगायतका आधा दर्जन खोलानाला र नदीमा बाढी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार ३ सय संक्रमित ,३१२ जनाको मृत्यु
शेर्पा किंदुकका उर्गेन शेर्पाको प्रमुख आतिथ्यमा कनेक्टिकटमा बुध्द जयन्ती मनाईयो
स्व.विपिन कार्कीको Funeral कार्यक्रम
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
प्रतिक्रिया