बलात्कार गर्न खोज्ने दुई युवक प्रहरीको नियन्त्रणमा

इनेप्लिज २०७२ जेठ ७ गते २:५७ मा प्रकाशित

rape4गौशाला, ७ जेठ । महोत्तरीको पोखरभिन्डा गाविसमा एक महिलालाई बलात्कार गर्न खोजेका दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको खैरबन्नी गाविस– ३ बस्ने १८ वर्षीय अरुणकुमार यादव र १८ वर्षीय मिथलेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

दुवै युवकले गएराति पोखरभिन्डा– ९ बस्ने ती महिलाको घरमा पसी बलात्कार गर्न खोज्दा उनले कराएपछि घरका अन्य सदस्यले उनको उद्धार गरेको र दुवै युवकलाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

उनीहरुमाथि जबर्जस्ती करणी उद्योग मुद्दा चलाउने तयारी गरिरहेको जानकारी उहाँले दिनुभयो ।

प्रतिक्रिया