हावाहुरीले छाना उडाएपछि खुलाचौरमा पढाइ

इनेप्लिज २०७२ जेठ ७ गते २:५२ मा प्रकाशित

Khula-chaura-ma-Padhai-300x204भीमदत्तनगर, ७ जेठ । हावाहुरीले विद्यालयको छानो उडाएपछि बैतडीका विभिन्न गाविसमा रहेका झन्डै आधा दर्जन विद्यालयको पढाइ पनि खुला चौरमै हुन थालेको छ ।

हावाहुरीले पाटन नगरपालिका– ९ वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविको छकोठे भवनको छानोे उडाएपछि अहिले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गर्नुपर्ने बाध्यता भएको विद्यालय व्यवस्था समितिका अध्यक्ष कमल बोहराले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयको आन्तरिक स्रोत नहुँदा हावाहुरीले उडाएको टिनको छानो पुनःनिर्माण गर्न समस्या भइरहेको छ ।

यसैगरी हावाहुरीले बैतडीकै च्वागड क्षेत्रमा पर्ने शिखरपुर गाविसमा रहेको महादेव पार्वती प्रावि, भटना गाविसमा रहेको पहरौल माविलगायत विद्यालयको छाना उडाएका कारण अध्यापनमा समस्या भइरहेको छ ।

वर्षात्को समय नजिकिँदै गरेकाले कक्षा कोठाको अभावमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालय बन्द गर्दा विद्यार्थीको पढाइमा बाधा हुने भन्दै छाना पुनःनिर्माणका लागि विद्यालयले जिल्ला शिक्षा कार्यालयसँग आवश्यक पहल गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया