बाबियाचौर (म्याग्दी), ७ जेठ । देशका विभिन्न स्थानमा हालैको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका मृतकको चिरशान्तिको कामना गर्दै बुधबारदेखि म्याग्दीको बेनीमा श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ सुरु भएको छ ।
क्षेत्री समाज नेपाल जिल्ला शाखा म्याग्दीले भूकम्पले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाको चिरशान्ति तथा आगामी दिनमा यस्तो प्राकृतिक विपत्ति नहोस् भन्ने कामनासहित आयोजना गरेको महायज्ञ जेठ १३ गतेसम्म सञ्चालन हुनेछ ।
पण्डित कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञबाट सङ्कलित रकम भूकम्पपीडितको राहत र बेनीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्न प्रयोग गरिने महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक अमर बानियाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया