कोरियामा नेपाल चिनाउने कन्सर्टको भब्य तयारी

इनेप्लिज २०७२ जेठ ६ गते १६:५३ मा प्रकाशित

hami nepali f1

कोरियामा मे २५ तारिक बुद्ध जयन्ती पर्दछ । बुद्ध जयन्तिको अघिल्लो दिन कोरियामा आउदो आइतवार मे २४ मा हामी नेपाली कन्सर्टको आयोजना हुदैछ । नेपालीहरु एक हौ र बुद्ध नेपालमा जन्मिएका हुन भन्ने उक्त कन्सर्टको नारा रहेको छ । कन्सर्टबाट आएको नाफाले ताप्लेजुङका आगालागीबाट ध्वस्त भएका घरका पिडितहरुलाई सहयोग गरिनेछ । त्यससँगै अग्निपिडीतहरुको राहत संकलन अभियान स्वरुप आयोजना गरिएको कन्सर्टबाट उठेको मुनाफाको केही प्रतिशत रकम महा-भुकम्प पिडीतहरुको निम्ती पनि छुट्टाईने निर्णय आयोजकले गरिसकेको छ । यसकालागि आयोजक संस्था सेभ नेपाल फुटबल फाउन्डेशनले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

सउल स्थित छाम्सिल जिम्न्यस्टिक हलको प्राङ्गणमा उक्त कन्सर्टको तयारी गरिएको छ । त्यहा पुग्नका लागि कोरियामा रहेका नेपालीहरुले ट्रेन लाइन नं. २ को स्पोर्टस् कम्प्लेक्स स्टेशनमा झरेर ८ नम्वर गेटबाट उक्त हलमा पुग्न सक्नेछन । कन्सर्टमा कोरियन पत्रकार देखि कोरियाका विभिन्न उच्च तहका ब्यक्तिहरुको पनि उपस्थिती रहने छ । कार्यक्रम ठिक १ बजेबाट शुरु हुनेछ । अन्य संस्थाले गरेको जस्तो कार्यक्रममा लम्वेतान भाषण सुन्न नपर्ने आयोजकले जानकारी गराएको छ ।
कन्सर्टमा १९७४ एडी ब्याण्डका साथमा गायिका इन्दिरा जोशी, र्याप गायक गिरिश खतिवडा, डिजे शिशिर, डान्सर परिना राई, मिस नेपाल सदिक्षाका साथमा नेपाली तारा तेश्रोको विजेता प्रताप लामाको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया