राष्ट्रिय सरकार गठन हुनुपर्ने: नेता ज्ञवाली

इनेप्लिज २०७२ जेठ ६ गते १५:५५ मा प्रकाशित

pradip-gyawali

बुटवल, ६ जेठ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले विपत्को समाधान गर्न सहमतिको राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभएको छ ।

पे्रस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले राष्ट्रिय सरकार गठन हुने विन्दुमा नपुगिएपनि सबै दलले राष्ट्रिय सरकारको अनुभूत गरेको उल्लेख गर्नु भयो ।

उहाँले सहमतिको राष्ट्रिय सरकारले विपत्को समाधान गर्न र संविधान निर्माणको कार्यभार पूरा गर्न सक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया