सरिता गिरीलाई अस्पताल लैजाने कि ?

इनेप्लिज २०७२ जेठ ५ गते १३:०७ मा प्रकाशित

unnamed6-800x533

बेला बेलामा विभिन्न टिकाटिप्पणी र कार्यशैलीका कारण बिवादमा तानिने सरिता गिरी फेरि विवादमा तानिएकी छिन् । उनको ट्वीट अभिव्यक्तिले फेरि उनलाई विवादमा तानेको छ । निकै लामो समयदेखि राजनीतिक वृत्तमा चर्चा हुन छाडेको अवस्थामा गिरीलाई ट्वीटले चर्चा परिचर्चाको बिन्दुमा उभ्याएको छ । उनले पछिल्लोपटक भूकम्प पीडितको पुर्नस्थापनालाई लिएर गरेको ट्वीट भाइरस जस्तै फैलिएको छ ।

गिरीको ट्वीटलाई लिएर उनको चर्चा परिचर्चाको कोण फरक पाटो हो । तर यहाँनेर सम्बोधन गर्न खोजिएको विषय फरक हो । पहिला त गिरीको त्यो ट्वीटले उनी नेपालको पूर्वमन्त्री हुन् भनेर नै सम्बोधन गर्न नसकिने अवस्था छ । उनको अभिव्यक्तिले सारा नेपालीको मर्ममाथि कुठाराघात गरेको छ । भूकम्प पीडितको तात्कालिक व्यवस्थापनलाई लिएर धेरै उपायहरुको खोजी भैरहेको छ । तत्कालिन अवस्थामा रहेका माओवादी जनसेनाको निम्ति बनाइएका क्याम्पदेखि भुटानी शरणार्थीका लागि बनाइएका शिविर हुनसक्छ या अरु कुनै उपाय हुनसक्छ, त्यसको प्रारम्भिक छलफल मात्र प्रारम्भ भएको छ । यसको अन्तिम निर्णय अझै भैसकेको छैन । सरकारले त्यो निर्णय गरिसकेको छैन भने सरकारले निर्णय गर्नुअघि त्यसमा भूकम्प पीडितले सहमति जनाउने छन् या छैनन् त्यो पनि गर्भमै छ । तर यति छिटो हतारिएर गिरीले ट्वीट गरिन् कि तराईमा भूकम्प पीडितलाई ल्याउने कुरा गलत छ अथवा त्यसको आशय मधेशबिरोधी छ ।

तराईमा आउने नेपाली हुन्, अरु देशका नागरिक ल्याउने होइन्, यो हेक्का पूर्व मन्त्रीलाई हुनुपर्ने हो । कहिले गौतमबुद्ध भारतमा जन्मेका हुन् भन्ने त कहिले पहाडियाविरुद्ध मधेशमा वितृष्णा फैलाउने गिरीलाई भूकम्पपछि मानसिक रुपमा निकै आघात पुगेको हुनसक्छ । उनका यी अभिव्यक्ति हेर्दा लाग्छ, अब उनलाई पाटन अस्पताल लैजान ढिला भइसकेको छ । नत्र भारतमा जन्मिएर नेपालमा बिहे गरेकै कारण नेपाली नागरिकता पाएकी सरिता गिरीका कारण नेपालीले कहिलेसम्म अपमान सहने ? पहिलो कुरा तराईमा आउने नेपाली हुन्, अरु देशका नागरिक ल्याउने होइन्, यो हेक्का पूर्व मन्त्रीलाई हुनुपर्ने हो । अर्कोतर्फ महेन्द्र शाहको नीतिको कुरा छ, त्यो नीति सबै कोणवाट सही नहुन सक्छ तर उनको त्यो नीति कति देशको निम्ति फलदायी साबित भैरहेको छ, त्यसका लागि म दाङको कोइलाबास क्षेत्र र नवलपरासीको नयाँ बेलहानी क्षेत्रका बासिन्दासँग गएर वुझ्न सकिन्छ । देशको नागरिक भएपछि देशको सिमारक्षक हुन पाउँदा उनीहरु खुशी छन् । पक्कै पनि देशको कुनै भागलाई आफ्ना राजनीतिक क्षेत्र बनाएर अघि वढ्ने हो, त्यो हरेक नेताले गर्छन् । त्यसमा किमार्थ सोच्नुहुँदैन् । तर देश भनेको साझा हो ।

अझ कुनै दलको नेता र मन्त्री भैसकेकाहरुले यसको अझ वढी हेक्का राख्नुपर्दछ । आज विश्वले देशप्रति सहानुभूति दर्शाइरहँदा देशभित्रै नेपालीप्रति विभेदपूर्ण टिप्पणी वा अभिव्यक्ति किमार्थ सही हुन सक्दैन । आज भूकम्पको केन्द्र पहाड परेको छ, राजधानी उपत्यका लगायत पहाडी जिल्लाका बासिन्दा प्रभावित भएका छन्, यो बेला तराईलाई जोडेर राजनीतिक स्वार्थ र तराईको सहानुभूति बटुल्ने अभिव्यक्ति सस्तो प्रचारबाहेक अरु हुन सक्दैन । वर्षायाम आउँदैछ, तराईका नदी नालामा आउने बाढीको असरप्रति सबै जानकार छौं । केही समयअघि तराईमा कोशी नदी फुटेर पुगेको जनधनको क्षतिप्रति सारा नेपालीको ऐक्यबद्धता थियो र यो हुनुपनि पर्दथ्यो । पहाड, तराई र हिमाल भौगोलिक विविधता कारण गरिएको नामाकरण हो । नेपालको भूमि रेखाभित्र रहेका सबै नेपाली हुन् । सिमाभित्र रहेका जहाँका नेपालीको मन दुखेपनि त्यसले आमनेपालीको मन दुख्नुपर्दछ । यसलाई कसैले आफ्नो अनुकुल ब्याख्या गर्नु देशप्रतिको वेइमानी मात्र होइन्, मानवीय संवदनहीनता पनि हो । अहिले देशमा पीडामा मुर्छित हुँदा कसैले लाभको कोणवाट त्यसलाई लिने कुचेष्टा गर्नुहुँदैन ।

तराईलाई राजनीतिक थलो मानेर राजनीति गर्ने गिरी मात्र होइन्, धेरै नेताहरु छन् । तराई केन्द्रित दलका धेरै नेताहरु अहिले देशको मुल समस्यामा केन्द्रित छन् । देशको समस्या सुल्झाउन हरसम्भव पहल गरिरहेका छन् । यथाशक्य सहयोग गरिररहेका छन् । फोरम नेपालका सभासद् अभिषेकप्रताप शाहले आफ्नो एकबर्षकै तलब सहयोग गरिसकेका छन् । तर, अरुबाट अहिलेसम्म यस्तो केही सुनिएको छैन् । तर गिरीको यो अभिव्यक्ति हठात मानसिकताको उपज हो या चर्चामा आउने रहर हो । किनकी कहिले गौतमबुद्ध भारतमा जन्मेका हुन् भन्ने त कहिले पहाडियाविरुद्ध मधेशमा वितृष्णा फैलाउने गिरीलाई भूकम्पपछि मानसिक रुपमा निकै आघात पुगेको हुनसक्छ । उनका यी अभिव्यक्ति हेर्दा लाग्छ, अब उनलाई पाटन अस्पताल लैजान ढिला भइसकेको छ । नत्र भारतमा जन्मिएर नेपालमा बिहे गरेकै कारण नेपाली नागरिकता पाएकी सरिता गिरीका कारण नेपालीले कहिलेसम्म अपमान सहने ? नेकपा एमाले, कांग्रेस, एमाओवादी, राप्रपा, मधेशी जनअधिकार फोरम लगायत धेरै दलका नेताहरुको निर्वाचन क्षेत्र तराईमा पर्दछ । निर्वाचन क्षेत्र पर्यो भन्दैमा उनीहरुको कर्तव्य त्यही क्षेत्रमा मात्रै सीमित हुन सक्दैन । पक्कै पनि देशमा समस्या छ ।

राजनीतिक समस्या बग्रेल्ती छन् । संविधान बन्न सकेको छैन, संघीयताको बहस सल्टिएको छैन । चुनावमा गरेका राजनीतिक भाषण र दिएका आश्वासनको पोका फुक्न सकिरहेको छैन, भोलिको लागि निर्वाचन क्षेत्रमा जाने बाटो खुल्ला राख्नुछ तर यसो गर्ने समय अरु पनि आउँछ अहिले त्यो समय उपयुक्त होइन । देशले महाविपत्तिको सामना गरिरहँदा कोही पनि यसवाट अछुतो हुन सक्दैन र यदि छ भने पनि देखाउने कुचेष्टा गर्नुहुँदैन । त्यही कुचेष्टा पूर्व मन्त्री गिरीको अभिव्यक्तिले देखाएको छ । अभिव्यक्तिको आलोचना भएपछि एक अनलाइनमा गिरीले आफ्ना भनाइको पुष्ट्याइ गर्दै सरकारको रवैयाको आलोचना गर्ने कामको रुपमा आफ्नो अभिव्यक्तिलाई जोडेर कुतर्क गरेकी छन् । सरकारले काममा ढिलासुस्ती छ, सरकारले काम गर्न सकिरहेको छैन, भुकम्प पीडितले राहत पाएका छैनन्, बर्खा आउने समय भयो अस्थायी व्यवस्थापनको टुंगो लागेको छैन, यो सबैमा जगजाहेर नै छ । यसको जताततैवाट आलोचना भैरहेको छ ।

नेतृ हुनुको नाताले गिरीले पनि आलोचना गर्नैपर्छ र अरु प्रतिपक्षमा रहेका र बाहिर रहेका सबैले आलोचना गर्नुपर्छ । तर, अहिले रचनात्मक र सकारात्मक आलोचना गर्दै साथ दिने समय हो । नेपाली एक हुने समय हो । सरकार भनेको आमनेपाली हो, यो सरकारले नसके अर्को सरकार बन्छ । त्यो पनि आम नेपाली हो र हुनुपर्दछ । गिरी मन्त्री हुँदाको सरकार पनि आम नेपालीकै हो, त्यो हेक्का भएको भए यस्तो टिप्पणी हुने थिएन । जे होस् सद्भावना पार्टी आनन्ददेवीकी अध्यक्ष सरिता गिरीको ट्वीट अभिव्यक्तिले कम्तीमा बहस निर्माण गराएको छ । आज आम नेपालीलाई एकताबद्ध हुन अझ सचेत गराएको छ । यो चुनौतीको घडीमा आफ्ना तित्तता र स्वार्थलाई छाडेर हामी सवै एक हुनु आवश्यक छ, हामी सवै नेपाली एकभइ मिलाए हात फेरि उठ्छ नेपाल ।

प्रतिक्रिया