जिर्मलेमा अनौठो कीरा भेटियो
इलाम, ५ जेठ । रङ्गरुप सबै हरियो भएको कारण झट्ट हेर्दा बिरुवाको पातजस्तो देखिने एक प्रकारको कीरा इलामको जिर्मलेमा फेला परेको छ ।
गाउँमा भेटिएको कीरा यसो हेर्दा कैँचीले काटेर बनाएको पुतलीजस्तो देखिन्छ । अनौठो कीरा हेर्न निस्किएका मानिस नै कीरा देखेपछि छक्क पर्ने गरेका छन् । मानिस देखेपछि पात सरर हिँड्न थाल्यो सबैलाई चकित बनायो । जिर्मले–४ स्थित रम्भ्याङको बालविकास परिसरमा हालसम्म कहिले नभेटिएको र नदेखिएको अनौठो प्रजातिको कीरा देखिएको हो ।
सानो कित्रा आकारको कीरा दुधिलोको पातजस्तै रहेको चारवटा खुट्टा रहे पनि फटेङ्ग्राजस्तो सुक्खा स्थानमा हिँड्दा शरीरको भाग पातजस्तै बटारेर र झारपातमा हिँड्दा शरीर फिजाएर हिँड्ने गरेको छ । हालसम्म त्यस्तो प्रकारको कीरा नपाइने गरेको र आफूले कहिल्यै नदेखेको स्थानीय शिक्षक गोविन्द पौडेलले बताउनुभयो । त्यो कीरालाई अहिले स्थानीय बालविकास केन्द्रमा राखिएको छ ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया