मोरङबाट एक करोड पचास लाख प्रधानमन्त्री राहत कोषमा जम्मा

इनेप्लिज २०७२ जेठ ५ गते ४:५२ मा प्रकाशित

Morang_district_location_mapपथरी (मोरङ), ५ जेठ । विनाशकारी भूकम्पपीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी उद्धार कोषमा एक करोड ५० लाख नगद जम्मा भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको अग्रसरतामा सो कम कोषमा जम्मा भएको र १५ करोडको खाद्य सामग्री भूकम्प प्रभावित विभिन्न जिल्लामा वितरण गरिएको सो कार्यालयले बताएको छ ।

मोरङमा रहेका उद्योग र सङ्घसंस्था, राजनीतिक दल, नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, शैक्षिक संस्था, विभिन्न समुदाय र व्यक्तिगत तवरबाट उठेका रकम कोषमा जम्मा भएको हो । मोरङबाट व्यक्तिगत र विभिन्न सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा पुगेर झन्डै रु १५ करोड राहतका सामग्री वितरण गरेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया