प्रधानमन्त्रीको कार्यालयसहित तीन मन्त्रालय सारियो
काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित तीनवटा मन्त्रालयको कार्यालय आजदेखि अर्को ठाउँमा सारिएको छ ।
भूकम्पका कारण क्षतिग्रस्त भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आजदेखि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको हो ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ठाउँ दिएको स्थानीय विकास मन्त्रालय भने शान्ति मन्त्रालय रहेको भवनमा सरेको छ । शान्ति मन्त्रालय भने कानुन मन्त्रालय रहेको भवनमा सरेको छ ।
कानुनमन्त्री र शान्ति मन्त्री एउटै व्यक्ति भएकाले काम गर्न पनि सजिलो हुने भएकाले दुवै मन्त्रालयलाई एउटै भवनमा राखिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद मलेगोले दिनुभयो ।
उहाँले आज तीन मन्त्रालयको कार्यालयमात्रै फेरवदल गरिएको र अन्य केही मन्त्रालय पनि सार्ने तयारी भइरहेको बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालय जल तथा ऊर्जा आयोगको कार्यालय रहेको भवन र राष्ट्रिय योजना आयोगको कार्यालय मुद्रण विभाग रहेको कार्यालयमा सार्ने गृहकार्य भइरहेको छ ।
यसअघि रक्षा मन्त्रालय राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा सरिसकेको छ । क्षतिग्रस्त भवनमा रहेका अन्य कार्यालय पनि सार्न सम्बन्धित निकायहरूले आन्तरिकरुपमा गृहकार्य गरिरहेका छन् ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया