सन्नी लियोनीलाई देश निकाला !

इनेप्लिज २०७२ जेठ ३ गते १२:४८ मा प्रकाशित

Sunny-leione पूर्व पार्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीलाई देश निकाला गर्न भारतमा चर्काे दबाब दिन थालिएको छ ।

खुल्मखुल्ला सेक्स गरेर समाजमा अश्लीलता फैलाउन खोजेको आरोपमा उनलाई भारतबाटै विदा गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतस्थित हिन्दू जनजागृति समिति (एचजेएस) पनि बलिउड अभिनेत्री सन्नी लियोनीलार्इ देश निकाला गर्न माग गरेको छ । सन्नीले नाङ्गा फोटा सार्वजनिक गरेर सामाजिक विकृति फैल्याएको जनाउँदै भारत प्रवेशमा रोक लगाउन माग गरेको हो ।

एचजेएसका प्रवक्ता उदय धुरीले बताएअनुसार एचजेएसले मुम्बर्इको डोबिवलीस्थित रामनगर पुलिस अफिसका प्रमुख सुनिल शिबडकरकहाँ उजुरी दर्ता गरिएको छ ।

‘उजुरी हाम्रा स्थायी प्रतिनिधि अञ्जली पालन र अन्य कार्यकर्ताले दर्ता गराएका हुन् । केही सातायता हामीलार्इ सन्नीले अश्लिलता फैल्याएकोबारे दर्जन बढी गुनासा आइसकेका छन् । तर पुलिसले अहिलेसम्म कारबाही अघि बढाएको छैन ।’ धुरीले बताए ।

यसअघि उनीविरुघ मुम्बई पुलिसमा चलचित्र क्षेत्र खेल्न प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै मुद्दा परेको थियो । एजेन्सी

प्रतिक्रिया