काँकडभिट्टा (झापा), ३ जेठ । झापाको काँकडभिट्टाबाट प्रकाशित लोकतन्त्र पोष्ट दैनिक पत्रिकाले आजदेखि पालमुनि बसेर पत्रिकाको काम सुरु गरेको छ ।
वैशाख १२ र २९ गते आएको भूकम्पले कार्यालय रहेको भवनको पिलर र बाल चिराचिरा पारेपछि पालमुखि बसेर भए पनि पत्रिका प्रकाशन गर्न लागेको पत्रिका सम्पादक मोहन काजीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला रेडक्रस सोसाइटी, मेचीनगर नगरपालिका कार्यालयबाट शनिबार बेलुका आएको टोलीले भवनको निरीक्षणपछि खतरा रहेको जनाएको थियो । भवनमै बसेर काम गर्न जोखिमपूर्ण भएकाले पत्रिकाको आजको अङ्कसमेत प्रकाशन हुन सकेन ।
प्रतिक्रिया