सैनिकको शव ल्याइयो, सनाखत हुँदै

इनेप्लिज २०७२ जेठ ३ गते १२:०३ मा प्रकाशित

काठमाडौँ, ३ जेठ । सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी मरिन कर्पस्को हेलिकप्टरमा सवार आठै जनाको शव राजधानी ल्याएर सनाखत थालिएको छ ।

पहिचानपछि नेपाली सैनिकको शव त्रिभुवन विश्वविद्यालय. शिक्षण अस्पतालमा शल्यपरीक्षण गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा राखिने र अमेरिकी सैनिकको शव लैनचौरस्थित अमेरिकी मनोरञ्जन केन्द्रमा राखिने नेपाली सेनाले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका दैलेखको नारायण नगरपालिका–. ८का सह–सेनानी तपेन्द्र रावल र दार्चुलाको शिखर गाविस– ३ निवासी जमदार वसन्त तितराको भोली नेपाली सेनाको एक टुकडीले सम्मानका दाहसंस्कारको लागि मृतकको गृह जिल्ला पठाइने छ ।

प्रधानसेनापति गौरव शम्शेर जबराले कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाका अधिकारी र अमेरिकी सेनाका वीर सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दैै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

छानबिन टोली गठन
उक्त हेलिकप्टर दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाले चालक सहायक रथी सुधीर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले छानबिन प्रारम्भ गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया