शुक्रबार, साउन १५ २०७८
काठमाडौं १६:५२
वासिङटन डिसी 07:07

चिलिमे विद्युत्गृहबाट आधा विद्युत् उत्पादन

इनेप्लिज २०७२ जेठ ३ गते ३:१३ मा प्रकाशित

chilimeधुन्चे (रसुवा), ३ जेठ । चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहबाट आधा विद्युत् उत्पादन सुरु भएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीका अनुसार भूकम्पबाट उपकरणको प्रणालीमा आएको खराबी हटाई ११ मेगावाट चालु भइसकेको र अर्को ११ मेगावाटको यन्त्र मर्मत भइरहेकाले हप्ता दिनभित्र पूरै चालु हुनेछ । भूमिगत संरचना भएका कारण विद्युत्गृहको सबै संरचना सुरक्षित रहेको छ ।

उता बाहिर सतहमा रहेको मैलुङ खोलाको पाँच मेगावाट क्षमताको जलविद्युत्गृह यही वैशाख १२ गतेदेखि नै बन्द भएको छ । के कति उपकरणमा क्षति भयो भन्ने यकिन गर्न विद्युत्गृहमा जाने अवस्था अझै नरहेको प्राविधिकले बताएका छन् । मैलुङ क्षेत्रका आसपासका अग्लो डाँडाबाट सानातिना ढुङ्गा अझै खसिरहेको उद्धारकर्मीले बताएका छन् ।

प्रतिक्रिया