दोलखामा स्वास्थ्य शिविर
काठमाडौँ, ३ जेठ । दोलखा जिल्लाको सिङ्गटीबजारमा नेकपा माओवादीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्य शिविर खडा गरी भूकम्पपीडितको उपचार सुरु गरेको छ ।
जापानका हाडजोर्नी विशेषज्ञ डा इसिडाको नेतृत्वमा गएको सो टोलीमा सहभागी महासङ्घका सभापति डम्बर थापा, गोविन्द विष्ट, राजु थापालगायतले गत शुक्रबारदेखि उपचार सुरु गरेको टोलीसँगै जानुभएका पत्रकार दीपेन्द्र रावलले जानकारी दिनुभयो । टोलीले पखाला लागेका, हातखुटृा भाँचिएका तथा मर्किएका र घाउचोट लागेका ३०० भन्दा बढी बिरामीको उपचार गर्नाका साथै शिविरमा उपचार हुन नसक्ने बिरामीलाई अन्यत्र उपचार गराउन पनि पठाएको उहाँले बताउनुभयो ।
उक्त बजार पूरै ध्वस्त भएको, घरले थिचिएर मरेका मानिस तथा घरपालुवा जनावरको शव अझैसम्म पनि नझिकिएको, वातावरण दुर्गन्धित बनेको र स्थानीय स्वास्थ्य संस्था पनि भूकम्पपछि ध्वस्त भएको उल्लेख गर्दै पत्रकार रावलले स्थानीय सुरक्षाकर्मी र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सो टोलीले स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया