मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७२ जेठ २ गते १५:३७ मा प्रकाशित

accident-signबुटवल, २ जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको जीतगढीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अर्का एकजना गम्भीर घाइते भएका छन् । पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु१४प ८५१ नम्बरको मोटरसाइकल अर्को सवारीसाधनलाई उछिन्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परी स्याङ्जा घर भई कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० बस्ने अमृत श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते मृतककै दाजु पर्ने वीरबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते श्रेष्ठलाई बुटवलस्थित अञ्चल अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचरका लागि भरतपुर पठाइएको छ ।

प्रतिक्रिया