लमानलाई जेल जानु परेन

इनेप्लिज २०७२ जेठ १ गते २३:२८ मा प्रकाशित

85e3f9622a0dbe17cb2b62df6ff4dfca-Salman in court

काठमाण्डौं,बैशाख २५ गते । भारतीय कलाकार सलमान खानलाई बम्बई हाई कोर्टले हिट एण्ड रन मुद्दामा जमानतमा रिहा गरेको छ । अदालतले जमानत स्वीकार गरेस“गै सलमान अब जेल जानु नपर्ने भएको छ । सन् २००२ मा मुम्बईमा खानले मादक पदार्थ सेवन गरी गाडी चलाउदा सडकपेटीमा सुतेका एक व्यक्तिको मृत्यु भएको थियो । अदालतले दुई दिन अघि उनलाई अभिप्राय बिना गरिएको हत्या अभियोगमा ५ वर्षको जेल सजाय सुनाएको थियो । सजाय सुनाएको तीन घण्टा पछि बम्बई हाई कोर्टले उनलाई दुई दिनका लागि अन्तरिम धरौटी दिएको थियो । खानका वकिलले भने सजाय उपर पुनरावेदन दर्ता गरेका थिए । सन् २००२ मा मुम्बईको बान्द्रा क्ष्ँेत्रमा रहेको अमेरिकन एक्सप्रेस बेकरी अगाडिको सडकपेटीमा सुतिरहेका ५ मानिसलाई खान सवार गाडीले ठक्कर दिएको थियो ।

घटनामा १ को मृत्यु हुनुका साथै ३ जना गम्भीर र एक सामान्य घाइते भएका थिए । घटनाको समयमा खानले गाडी ड्राइभरले चलाएको बताए पनि अदालतले भने सलमान खानले नै गाडी चलाएको र मादक पदार्थ सेवन गरेको भन्दै दोषी ठहर गरेका थिए ।

प्रतिक्रिया