ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मन्सुरीको घटनास्थलमै मृत्यु
इनेप्लिज
२०७२ जेठ १ गते १४:३३ मा प्रकाशित
रौतहट, १ जेठ । रौतहटको रङ्गपुर गाविसमा आज भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रङ्गपुर गाविस वडा नं ९ मनहर्वामा प्रतापपुर पल्टुवाबाट आउँदै गरेको ना २५ प १४३० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ४५०५ नम्बरको ट्रकले ठक्कर दिँदा लक्ष्मिपुर गाविस–९ वस्ने १७ वर्षीय इसु महमद मन्सुरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीले ट्रक चालक चन्द्रपुर नगरपालिका–६ जुडिबेला घर भएका राजु परियारलाई नियन्त्रणमा लिएको छ । साथै, प्रहरीले क्षतिग्रस्त बनेको मोटरसाइकल तथा ट्रकलाई पनि नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया