भूकम्पमा परी आठ हजार बढीको मृत्यु, बाइस हजार बढी घाइते

इनेप्लिज २०७२ जेठ १ गते १४:०५ मा प्रकाशित

vukampaकाठमाडौँ, १ जेठ । भूकम्पमा परी हालसम्म आठ हजार ४६६ जनाको मृत्यु भएको छ भने २२ हजार ७७७ जना घाइते भएका छन् ।

गत वैशाख १२ गतेको भूकम्पमा परी आठ हजार ३४९ जनाको ज्यान गएको तथा १७ हजार ८७० जना घाइते भएका थिए भने २९ गतेको भूकम्पमा ११७ जनाले ज्यान गुमाएका र दुई हजार ९०७ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शुक्रबार साँझ ६ः३० बजे सम्मको विवरणअनुसार २९ गते काठमाडौँ उपत्यकामा ११, पूर्वाञ्चलमा चार, मध्यमाञ्चलमा ९९ र पश्चिमाञ्चलमा तीनजाको मृत्यु भएको छ ।

त्यस्तै, १२ गतेको भैँचालोमा काठमाडौँ उपत्यकामा एक हजार ७०९, पूर्वाञ्चलमा ५३, मध्यमाञ्चलमा छ हजार १६४, पश्चिमाञ्चलमा ४२१ र मध्यपश्चिमाञ्चलमा दुईजनाको मृत्यु भएको छ ।

भूकम्पबाट प्रभावित काठमाडौँलगायत अन्य स्थानमा राहत सामग्री वितरण, भग्नावेशष हटाउने, सरसफाइ, सुरक्षा गस्ती र खोजमा नेपाल प्रहरीसहित राष्ट्रसेवक कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया