आठ गाविस सञ्चार सेवाबाट प्रभावित
इनेप्लिज
२०७२ जेठ १ गते १०:५३ मा प्रकाशित
धुन्चे (रसुवा), १ जेठ । गत १२ गतेको भूकम्पबाट उपकरण क्षति हुँदा उत्तरी रसुवाका आठ गाविस सञ्चार सेवाबाट प्रभावित भएका छन् ।
नेपाल टेलिकम रसुवाका प्रमुख तोयानाथ रिजालका अनुसार रसुवागढीमा जडित २०० लाइन क्षमताको लाइन फोन र चिनियाँसँग सम्पर्क गर्ने रेडियो, गोल्जुङको बाहुनडाँडा र लाङटाङ क्षेत्रमा जडित टेलिफोनका सबै उपकरण नष्ट भएका कारण टेलिफोन तथा मोबाइल सेवा बन्द भएको हो ।
लाङटाङका स्थानीयवासी अन्यत्र सरिसकेका र वृदिम, टिमुरे, थुमन, चिलिमे, गोल्जुङ, गतलाङ क्षेत्र सञ्चारविहीन भएको बताइएको छ ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया