वस्तीपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:४४ मा प्रकाशित

accident-signहेटौँडा, ३१ वैशाख । वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना २ ख ९२१० नम्बरको ट्रकले आज साँझ हेटौँडा–नारायणगढ सडक खण्डको वस्तीपुरमा पैदल हिँडिरहेकी पाँच वर्षीया बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–२८ की अमृता मोक्तान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, यही वैशाख १२ गतेको भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट फरार भएका एक कैदी आफन्तको सहयोगमा क्षेत्रीय कारागार भीमफेदीमा सम्पर्कमा आएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला घर भई लागुऔषध मुद्धामा थुनामा रहेका २८ वर्षीय राहुल तामाङ आफन्तको सहयोगमा आज कारागारमा सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताउनुभयो ।

निजलाई आजै कारागारको बन्दी गृहमा राखिएको छ ।

प्रतिक्रिया