संविधानसभा बैठक जेठ १७ गते

इनेप्लिज २०७२ वैशाख ३१ गते १४:३३ मा प्रकाशित

काठमाडौँ, ३१ वैशाख । संविधान सभाको भोलि शुक्रबारका निम्ति निर्धारित बैठक आगामी जेठ १७ गते बस्ने भएको छ ।

भूकम्पपीडितको राहत तथा उद्धारमा सभासद्हरू प्रत्यक्षरुपमा संलग्न हुनुपर्ने भएकाले सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभा नियमावली, २०७० को नियम ६ बमोजिम जेठ १७ गते आइतबार अपराह्न ३ बजे बैठक बस्ने मिति तोक्नुभएको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया