सामाजिक सञ्जालमा त्रास फैलाउने सन्देश माथि नियन्त्रण

इनेप्लिज २०७२ वैशाख ३० गते १४:४१ मा प्रकाशित

काठमाडौं, ३० वैशाख । महानगरीय अपराध महाशाखाले सर्वसाधारणमा भूकम्पप्रति नकारात्मक भ्रम र अफवाह फैलाउने खासोखास डट कम नामक वेभसाइटका सञ्चालकसँग समन्वय गरी त्यस्ता सन्देश हटाएको छ ।

महाशाखाले त्यस्ता तथ्यहीन भ्रमपूर्ण समाचार पोष्ट/सेयर तथा लाइक नगर्न इन्टरनेट प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।

आजै महाशाखाले मौकाको फाइदा उठाई शान्तिनगर गेटको खुल्ला सडकमा बसी प्रतिमिटर रु १५० पर्ने म्याट्रेसलाई प्रतिमिटर रु ५५० मा बेचिरहेको अवस्थामा लोकराज पाण्डेलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया