काठमाडौं, ३० बैशाख । रिपोर्टर्स क्लब नेपालले बैशाख १२ गते आएको महाभुकम्प र मंगलबार आएको शक्तिशाली भुकम्पबाट विस्थापित भएका पत्रकारहरुको लागि टेन्ट, त्रिपाल वितरण गरेको छ ।
बुधबार आफ्नै कार्यालयबाट उक्त साम्रागी क्लबका अध्यक्ष ऋषि धमलाले वितरण गरेका हुन् । अध्यक्ष धमलाले करोडौं जनतालाई चारै प्रहर सूचना प्रवाह गर्ने आम पत्रकाहरु नै महाभुकुम्पबाट विचलित भएको हेर्न नसकेर आफूले आफ्नो तहबाट उक्त सामाग्री वितरण गरेको बताए । उनले भने,‘क्लबले ३ सय पत्रकारहरुलाई टेन्ट र त्रिपाल वितरण गरेको छ, रिपोर्टर्स क्लब नेपाल आम पत्रकारहरुको घर हो, हामी पत्रकारहरुलाई परेको पीडा टुलुटुलु हेरेर बस्न सक्दैनौं, बरु हामी खुल्ला आकाशमा रात काट्न तयार छौं तर सञ्चारकर्मीलाई त्यस्तो विपत्त परेको हेर्न सक्दैनौं ।’
यद्धपी धमलाले आफूले गरेको उक्त सहयोग सानो भएपनि यसले घाउमा मलम लगाउने काम भने अवश्य गरेको दाबी गरे । विभिन्न मूल धारमा रहेर काम गर्ने करिब तीन सय पत्रकारहरुलाई धमलाले टेन्ट र त्रिपाल हस्तान्तरण गरेका थिए ।
क्लबको साक्षात्कार कक्ष महाभुकम्प र शक्तिशाली भुकम्पको कारण प्रभावित भएकाले उक्त सामग्री भने भवनको तलै बसेर वितरण गरिएको थियो । टेन्ट र त्रिपाल पाएका सबै सञ्चारकर्मीले धमलाले आफूहरुप्रति ठूलो गुण लगाएको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
प्रतिक्रिया