शुक्रबार, माघ १४ २०७८
काठमाडौं १४:४९
वासिङटन डिसी 04:04

आज मध्याह्नसम्म पराकम्पका सात झड्का

इनेप्लिज २०७२ वैशाख ३० गते ९:४८ मा प्रकाशित

Nepal-earthwuake-3काठमाडौँ, ३० वैशाख । आज बिहानदेखि मध्याह्न १ बजेसम्मको अवधिमा ४ रिक्टर स्केलभन्दा माथिका पराकम्पका सात झड्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ती झड्काको पुष्टि गर्दै अधिकांश पराकम्प दोलखा केन्द्रविन्दु भई महसुस गरिएको जनाएको छ ।

बिहान ८ः०८ मा ४.४, ८ः२८ मा ४.४, १०ः३३ मा ४.६, १२ः२२ मा ४.८, १२ः३४ मा ४.६, १२ः३८ मा ५.१ रिक्टर स्केलका भूकम्प दोलखा केन्द्रविन्दु भई गएका हुन् ।

मङ्गलबार मध्याह्न पनि दोलखा र सिन्धुपाल्चोकको सिमानामा ६.८ रिक्टर स्केलको पराकम्प गएको थियो ।

यस्तै, आजै १२ः११ बजे भने सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.७ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रको लाजिम्पाटस्थित कार्यालयमा इन्टरनेट समस्याका कारण वेबसाइटमा नियमित समावेश गर्न नसकिएको बुझिएको छ ।

प्रतिक्रिया