राति पुनः पराकम्पनका धक्का
काठमाडौँ, ३० वैशाख । काठमाडौँ उपत्यका आसपासका जिल्लामा केन्द्रबिन्दु बनाएर गइरहेको भूकम्पको पराकम्पन आज रातिदेखि काठमाडौँ आसपासलाई केन्द्रबिन्दु बनाएर पराकम्पन गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति २ बजेर ७ मिनेट जाँदा काठमाडौँ आसपास केन्द्रबिन्दु भएर ४.२ रिक्टर स्केलको पराकम्पन गएको छ ।
यही वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उपत्यका नजिकका जिल्ला धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, भक्तपुर केन्द्रबिन्दु बनाएर चार रिक्टर स्केलमाथिका दर्जनाँै पराकम्पन गएका थिए ।
विनाशकारी भूकम्पका पराकम्पन क्रमिकरुपमा कम भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको भएपनि मङ्गलबार दिउँसो गएको ६.८ रिक्टर स्केलको पराकम्पनपछि उपत्यकाको जनजीवन प्रभावित बनेको थियो ।
गएरातिनै ३ बजेर १० मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.९ र ४ बजेर ३८ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.३ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
“कुन्ती मोक्तान साँझ “ हुदै
भर्जिनियाको आशबर्न शहरमा एक पुरुष र एक महिला मृत फेला
अध्यावधिक गरिएको : टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा १४ जना बिधार्थी १ शिक्षक सहित १५ जनाको मृत्यु
टेक्ससको एक प्राथमिक विद्यालयमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु ,१३ जना घाइते
बाइडेन: अमेरिका र भारतले युक्रेनमा “नजीकबाट परामर्श जारी राख्नेछ”
प्रतिक्रिया