चट्याङले एकको मृत्यु, पाँच घाइते

इनेप्लिज २०७२ वैशाख २९ गते ४:४२ मा प्रकाशित

thunderstromeगजुरी (धादिङ), २९ वैशाख । सोमबार साँझ परेको चट्याङका कारण नीलकण्ठ नगरपालिका–११ मा एकको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

चट्याङले सोमबार घरमा मोबाइल चार्ज गरिरहेको अवस्थामा एकै ठाउँमा रहेका पाँचजनालाई चट्याङ लागेको हो । प्रहरीका अनुसार चट्याङबाट मुत्यु हुनेमा नीलकण्ठ नगरपालिका–११ साङकोष भोर्लेका सुशिल गुरुङ रहेका छन् ।

चट्याङ लागेर घाइते भएका गुरुङलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याउने वित्तिकै मुत्यु भएको हो । चट्याङ लागेर घाइते हुनेहरूमा कमला गुरुङ, अमृता गुरुङ, प्रमिशा गुरुङ, शान्ति थापा र मानबहादुर गुरुङ रहेका छन् । घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया