अदालतबाट सजाय पाएर बेपत्ता भएकी दुलारीको शव जङ्गलमा गाडेको अवस्थामा भेटियो

इनेप्लिज २०७२ वैशाख २९ गते ३:२७ मा प्रकाशित

लहान, २९ वैशाख । अदालतबाट दुई वर्षको कैद सजाय पाएपछि बेपत्ता भएकी एक महिलाको शव जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला परेको छ ।

सप्तरीको जण्डौल गाविस–८ निवासी ३० वर्षीया दुलारीदेवी साहको शव सोही गाविसस्थित चुरे जङ्गल क्षेत्रमा गाडिएको अवस्थामा प्रहरीले सोमबार साँझ फेला पारेको हो । गोप्य सूचनाका आधारमा प्रहरी उपरीक्षक शिविर कर्माचार्य, प्रहरीनायब उपरीक्षक नारायण चिमरियासहित पुगेको प्रहरी टोलीले जङ्गल क्षेत्रको पाँच ठाउँमा उत्खनन कार्य गराउँदा दुलारीको सडेको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा पाँच/छ महिनाअघि नै दुलारीको हत्या गरी सो स्थानमा पुरिएको आशङ्का गरिएको छ । शव फेला परेपछि मुचुल्का गरी डिएनए परीक्षणका लागि पठाउने तथा अन्य कानुनी प्रक्रिया लगायतका कारबाही सुरु गरिएको प्रहरीनायब उपरीक्षक नारायण चिमरियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया