तीन सय एकजनाले आँखा जाँच गराए

इनेप्लिज २०७२ वैशाख २९ गते २:५६ मा प्रकाशित

eyeलम्की (कैलाली), २९ वैशाख । कैलालीको लम्की चुहानगरपालिका–४ चौरीमा सोमबार सञ्चालन भएको एकदिने आँखा शिविर ३०१ जनाले आँखा जाँच गराएका छन् ।

वृद्धवृद्धा संरक्षण संवद्र्धन समाज लम्कीचुहा नगरपालिकाको आयोजना तथा गेटा आँखा अस्पतालको सहयोगमा सञ्चालन भएको आँखा शिविरमा सो सङ्ख्याले आँखा जाँच गराएका हुन् ।

सबैमा उपचारको पहुँच पुगोस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको गेटा आँखा अस्पतालका दृष्टि विशेषज्ञ चिकित्सक सुरेश अवस्थीले बताउनुभयो । शिविरमा २३ महिला तथा नौ पुरुष गरी ३२ मा मोतियाबिन्दु देखापरेको र उनीहरुको शल्यक्रिया गरिने जानकारी चिकित्सक अवस्थीले दिनुभयो ।

प्रतिक्रिया