विनाशकारी भूूकम्पले खोटाङका एक सय बाइस विद्यालय ध्वस्त
खोटाङ, २९ वैशाख । विनाशकारी भूकम्पले जिल्लाका १२२ वटा विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार १२२ विद्यालयको २५५ कोठा पूर्णरुपमा ध्वस्त भएको हो ।
उक्त विद्यालयमा अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरी पठनपाठन सञ्चालन गर्न थालिएको जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो–“क्षतिको विवरण आउने क्रम जारी छ, यसको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।”
पूर्णरुपमा ध्वस्त भएका १२२ वटा विद्यालयबाहेक अन्यको छत, पर्खाल, शौचालय, खानेपानीको ट्याङ्की लगायतमा क्षति पुगेको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भानुभक्त माध्यमिक विद्यालय माक्पा, छेलिङ प्राथमिक विद्यालय राखाबाङदेल, चन्द्र प्राथमिक विद्यालय सुङदेल र कालिका प्राथमिक विद्यालय बाँसपानीका शौचालयमा क्षति पुगेको छ ।
तत्काल भवनहरुको मर्मतसम्भार नगरी विद्यालयमा पठनपाठन सुरु गर्दा २० हजार विद्यार्थी प्रत्यक्षरुपमा जोखिममा बसेर अध्ययन गरिरहेका छन् । जिल्लाका ४९३ सामुदायिक विद्यालयमा करिब ७५ हजार विद्यार्थी अध्ययनरत छन् ।
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया